सुदूरपश्चिममा आज सार्वजनिक बिदा
वि.सं.२०७९ भदौ १ बुधवार १६:५८
4.3K
shares
shares

काठमाडौं, १ भदौं, ।सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।
सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ । यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमासमेत मनाउने गर्दछन् ।















