Dhulikhel Eco Banner new

४२ करोडको आईपीओ जारी गर्दै हिम पर्वत हाईड्रोपावर

4.94K
shares

काठमाडौं, १ भदौ । हिम पर्वत हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको प्रक्रिया अघाडि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रियाका सुरु गर्दै बिक्री प्रबन्धकमा सि.बि.आइ.एल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले ४२ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । दुई संस्थाबीच यस विषयमा सम्झौता भएको छ । सम्झौतामा हिम पर्वत हाईड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २० मे.वा.को साँगु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को साँगु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।