Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

936
shares

काठमाडौं, ५ असार । शुक्रवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५३ करोड कारोबार भएको हो । सामान्य अंकले बढेको शेयर बजारमा बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १०.२१ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०का लगानीकर्ताले ८.५२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिद्धार्थ लगानी वृद्धि योजना ३ का लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन् भने सालापा विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले गुमाएका छन् ।