Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम बढ्यो

351
shares

काठमाडौं, ५ असार । शुक्रवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५३ करोड कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा एपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.४५ प्रतिशतका दरले गुमाएका छन् ।