बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०७९ भदौ ७ मंगलवार ०९:१८
shares

काठमाडौं, ७ भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (भदौ ७ गते) अन्तिम दिन रहेको छ ।
सात वर्ष अवधि रहेको, वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।















