Dhulikhel Eco Banner new

बन्दकर्ताले गरे टिपरमा आगजनी

4.2K
shares

काठमाडौं, ७ भदौ । नेपाल बन्दको आवान गरेका बन्दकर्ताले आज बिहानै दाङमा टिपरमा आगजनी भएको छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार–पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले गर्‍यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए । प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।