Dhulikhel Eco Banner new

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

4.26K
shares

काठमाडौं, ७ भदौ । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य ब्यक्तिलाई बिक्री गर्ने समेत बैंकले जनाएको छ ।