Dhulikhel Eco Banner new

विकासको स्वर, बीबीको शब्दमा ‘प्रेमको परिभाषा’ सार्वजनिक

4.33K
shares

काठमाडौं, ९ भदौ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश प्रेमको परिभाषा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक राणाको युट्युब च्यानल विकास राणा अफिसिएल मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश गालाको तिलैमा, तीनपाने, मुसुक्कै हास्यौ, शैलुङ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु पस्किदै जाने गायक राणाले बताएका छन्।