बढयो सुनको भाउ, कति छ बजार मूल्य ?
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:३०
5.43K
shares
shares

काठमाडौं, ९ भदौं । आज बजारमा सुनको मुल्य बढेको छ । बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढको छ । बुधबारका दिन नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ ।



















