Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमा कम्पनीको भदौ ३० गते साधारणसभा, केके छन् एजेण्डा ?

5.36K
shares

काठमाडौं, ९ भदौ । नेपाल पुनर्बीमा कम्पनीले भदौ ३० गते साधासणसभा गर्ने भएको छ । । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३० गते साधारणसभा गर्ने निणर्य गरेको हो ।

कम्पनीकले भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट बबररमहलमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो।

साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ। यसले गर्दा भदौ १८ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।