महानगरसँग क्षतिपूर्ति माग्ने उद्योग वाणिज्य संघ काठमाडौंको निर्णय
वि.सं.२०७९ भदौ ९ बिहीवार १८:२४
shares

काठमाडौं, ९ भदौ । काठमाडौं महागरपालिकाले व्यवसायीलाई मर्का पर्ने गरी भौतिक संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघ काठमाडौंले महानगरपालिकासँग क्षतिपूर्ति माग्ने निर्णय गरेको छ । बिहीबार आकस्मिक रुपमा बसेको संघको बैठकले व्यवसायीलाई मार परेको भन्दै क्षतिपूर्ति माग्ने निर्णय गरेको हो ।
बैठक पछि संघले जारी गरेको प्रसविज्ञप्तीमा घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई पार्न नहुने भन्दै क्षतिपूर्ति माग्ने निर्णय भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा संघ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले व्यवसायीलाई आतंकित बनाएको आरोप समेत लगाइएको छ । मेयर साह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा कर तिरेका व्यवसायीलाई महानगरमाथि आतंक मच्चाएको आरोप लगाईएको छ ।
















