Dhulikhel Eco Banner new

बढ्दै कोरोना संक्रमण, आज तीन जनाको मृत्यु

4.28K
shares

काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै दुई जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ५०५ पुगेको छ ।