Dhulikhel Eco Banner new

एनसीसी, कुमारी र सनराईज बैंकलाई मर्जरमा जान केन्द्रीय बैंकको निर्देशन

5.29K
shares

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । दुई बैंकका अध्यक्षलाई बोलाएर केन्द्रीय बैंकले मर्जमा जानका लागि निर्देशन दिएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस महिनासम्म पाटर्नर खोजेर मर्जमा जानका लागि दुवै बैंकका अध्यक्षलाई निर्देशन दिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । केन्द्रीय बैंकले नेपालमा बैंकको संख्या १८ मा झार्ने योजानाका साथ काम भइरहेको छ । अहिले मर्जरमा जाने सम्झौता गरिसकेको बैंकले एकीकृत कारोबार गरेको खण्डमा वाणिज्य बैंकको संख्या २२ मा झर्ने छ ।

त्यसैगरी, सनराइज बैंकलाई पनि राष्ट्र बैंकले मर्जरमा जान ताकेता गरेको छ । सनराईज बैंकमा यसअघि भएको सञ्चालक समिति र सीइओको विवाद मलिाउने क्रममै राष्ट्र बैंकले मर्जरमा जान सुझाव दिएको थियो । स्रोतका अनुसार अन्य केही वाणिज्य बैंकलाई पनि मर्जरमा जान आग्रह गरेको छ ।

बैंकहरुको संख्या घटाएर राष्ट्र बैंक वित्तीय क्षेत्रको सुदृढीकरणमा केन्द्रित हुने रणनीति लिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि संख्या घटाउनु पर्ने भन्दै आएका छन् ।