Dhulikhel Eco Banner new

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

4.82K
shares

काठमाडौं, १९ भदौ । पाल्पाको रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले १० लाख सहयोग गरेका छन् ।

उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उनले सो रकम हस्तान्तरण गरेका हुन् ।

उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो ।

वि.सं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आउनु भएको केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिए ।

तीन दशकदेखि उहाँले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पुर्याउदै आएका छन् ।