खप्तड लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुदै
वि.सं.२०७९ भदौ १९ आइतवार १४:५७
shares

काठमाडौं, १९ भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ भोली,सोमवार अर्थात् भदौ २० गते बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न गरी सोमबार आफ्नै कार्यालयमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने जानकारी गराएको हो ।
कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा निकै धेरै आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँट हुनेछ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

















