Dhulikhel Eco Banner new

एमाले उदयपुरले सिफारिस गर्‍यो संघीय सांसदका लागि १० जनाको नाम

7.38K
shares

काठमाडौं, २० भदौ । नेकपा एमालले उदयपुरले संघीय चुनावका लागि १० जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । २ वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नम्बर १ बाट ४ जना र दुई बाट ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

नेकपा एमाले उदयपुरका अनुसार क्षेत्र नम्बर १ बाट मन्जु चौधरी, विमल कार्की, देवराज रोक्का, सुरेश तामाङको नाम सिफारिस भएको छ । उनीहरुमध्ये एक जनाले आगामी मंसिरमा हुने चुनावमा एमालेको उम्मेदावर बन्ने छन् । त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट अम्बर रायमाझी, कला घले, शैलेश लामा, ज्ञानेन्द्र श्रेष्ठ, डा.भेषराज थापा र प्रेम गौतमको नाम सिफारिस भएको छ । प्रदेश नम्बर २ बाट यीमध्ये एक जना संघीय निर्वाचनका लागि उम्मेदवार हुनेछन् ।

पार्टीको मापदण्ड एक जना महिला सहित ३ जनाको नाम सिफारिस गर्नु पर्ने भए पनि आकांक्षीहरु धेरै भएको र सहमति नभएका कारण सबैको नाम पठाइएको एमाले उदयपुरले जनाएको छ । समानुपातिक तर्फ भने जिल्लाबाट ५३ जनाको नाम सिफारिस भएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ क बाट ६ जना, ख बाट ५ जनाको नाम सिफारिस भएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ क बाट ६ जना र ख बाट १२ जनाको नाम सिफारिस भएको छ । क्षेत्रनम्बर १ क बाट कुशल बाबु बस्नेत, धनपती आचार्य, नारायण निरौला, इश्वरा गेलाल, शम्भु पौडेल र भिम पौडेलको नाम सिफारिस भएको छ । प्रदेश ख बाट इश्वरमणी रावत, प्रमेश्वर घिमीरे, प्रकाश वस्नेत, महेश रेग्मी र बाला खतिवडाको नाम सिफारिस भएको छ ।

यता क्षेत्र नम्बर २ क बाट जगेन्द्र खड्का, देवराज राई, क्षेत बहादुर आले, जीवन कार्की, खविन्द्र राष्कोटी र चक्र बहादुर गुरुङ तथा ख बाट उद्धव सिंह थापा, नोख बहादुर श्रेष्ठ, सञ्जीव कार्की, लुलसीराम चौलागाई, कृणराज दनुवार, शोभा कार्की, जीवनाथ दाहाल, रमेह तिवारी लगायतको नाम सिफारिस भएको छ ।