Dhulikhel Eco Banner new

नेपालद्धारा केन्या विरुद्धको सिरिज क्लिन स्वीप

5.32K
shares

काठमाडौं, २० भदौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । आज भएको अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै नेपालले सिरिज ३–० ले जितेको हो ।

केन्याले दिएको २५६ रनको लक्ष्य नेपाली टोलीले ४७ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा तीन जना खेलाडिले अर्धशतक प्रहार गरे । नेपालका ओपनरद्धय आशिफ शेख, अर्जुन साउद र बासिर अहमदले अर्धशतक प्रहार गरे । ओपनर अर्जुन साउदले ५८ रनको योगदान दिए भने शेखले ५६ रनको पारी खेले । त्यस्तै अहमदले नटआउट ५२ रनेको योगदान दिए । त्यस्तै कप्तान रोहीत पौडेलले ४६ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए ।

केन्याका लागि व्राज पटेलले २ विकेट लिए । त्यस्तै शेम न्गोचे र यश तलाटीले एक–एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारीत ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल खडा गरेको थियो । घरेलु टोलीका लाग कोलिन्स अबुयाले सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै लुकास एनडानडासनले नटआउट ५९ रन बनाए । सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले १-१ विकेट लिए । पहिलो खेलमा ७ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा १७ रनले विजयी भएको थियो । ५ खेलको टि–२० सिरिज पनि नेपालले ३–२ ले जितेको थियो ।