Dhulikhel Eco Banner new

सिक्लेस हाईड्रोपावरको आईपीओ निकाशन २९ गतेदेखि

6.4K
shares

भदौ २१, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त शेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय थप हुनेछ ।