Dhulikhel Eco Banner new

कुमारी क्यापिटलको लाभांश पारित

4.56K
shares

काठमाडौं, २१ भदौ । कुमारी क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । क्यापिटलको चौथो साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सोमबार सम्पन भएको साधारण सभाले करसहित ५ प्रतिशत नगदा लाभांश दिने प्रस्ताब पारित गरेको हो । क्यापिटलको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगदा प्रवाह विवरण तथा सो विवरणसँग सम्बन्धित अनुसुचिहरु समेत पारित गरेको छ ।