Dhulikhel Eco Banner new

भारतले धान र चामल निर्यातमा लगाइएको करका कारण व्यवसायी मारमा

5.23K
shares

काठमाडौं, २५ भदौ । भारतले धान र चामलको निर्यातमा लगाएको भन्सार शुल्क (कर) का कारण बारा र पर्सा क्षेत्रका व्यवसायी मारमा परेका छन् । बारा र पर्सा औद्योगिक करिडोरमा व्यवसायीहरुले पत्रकार सम्मेलन भन्सार शुल्कका कारण चामल र धानको कारोबार गर्ने व्यवसायीलार्य ठूलो मार परेको व्यवसायीहरुले बताएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन् । चामल, तेल, दाल उद्योग ससंका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका डा. सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताए ।

अर्का चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगीभन्दा प्रत्यक्ष रुपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए । नेपालले भारतबाट वार्षिक सात÷आठ अर्ब बढीको चामल आयात गर्दै आएको छ । गत वर्ष मात्रै भारतबाट नेपालमा साढे पाँच लाख मेट्रिकटन धान, पाँच लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्यांक छ ।