म्यादी प्रहरीमा जागिर खुल्यो, कहिलेसम्म आवेदन दिन सकिन्छ ? (सूचना सहित)
वि.सं.२०७९ भदौ २६ आइतवार ०९:५३
shares

काठमाडौं, २६ भदौ । आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आइतबार एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीको लागि आवेदन माग गरेको हो ।
कार्यालयले भदौ ३० गतेदेखि असोज ६ गतेसम्ममा आवेदन दिन सक्ने गरी आवेदन माग गरेको छ । विज्ञापन अनुसार आवेदनका लागि जिल्ला प्रहरी परिसर (काठमाडौं, भक्तपुर र ललितपुर) र देशभरका सबै प्रहरी कार्यालयमा दिन सक्नेछन् ।
त्यस्तै, म्यादी आवेदन दिने व्यक्तिले आवेदन दिने बेलासम्ममा १८ वर्ष पूरा भई ५४ सार्वजनिक गर्नेछ । त्यसपछि असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने कार्यालयले जनाएको छ । म्यादि प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ ।
त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन् । त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् ।
















