Dhulikhel Eco Banner new

संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

8.54K
shares

काठमाडौं, २६ भदौ । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले भदौ २६ गते आइतवार सूचना जारी गर्दै १८ हजार ९३२ कित्ता संस्थापक शेयर बिक्री गर्ने जानकारी दिएको हो ।

शेयरमूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले बताएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आइतवारबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

सो समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने कम्पनीले बताएको छ ।