Dhulikhel Eco Banner new

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाख आवेदकको हात खाली

4.99K
shares

काठमाडौं, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।

सो शेयरमा १८ लाख ३८ हजार ७५१ आवेदन परेको थियो। जसमध्ये १ हजार ३१५ आवेदन रद्द भएका छन् भने बाँकी १८ लाख ३७ हजार ४३६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये ३६ हजार ८५९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेको क्यापिटलले जनाएको छ।

लघुवित्तको आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट भएको छ । गोलाप्रथाद्वारा बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर हात पारेका छन् । भने साढे १८ लाख ५७७ आवेदकको हात खाली भएको छ।

आईपीओमा १८ लाख ३८ हजार ७५१ आवेदकले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन दिएका थिए