नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ योजना
वि.सं.२०७९ असोज २ आइतवार १५:२०
shares

काठमाडौं, २ असोज । नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । बैंकको यो योजना अनुसार घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गराईने भएको हो ।
बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्यांकनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।
३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।















