ङादी ग्रुप पावरको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७९ असोज २ आइतवार १२:२१
shares

काठमाडौं, २ असोज । ङादी ग्रुप पावर कम्पनीले आज (आइतवार) देखि संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ ।
सर्वसाधारण समूहको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी बिक्री खुला गरेको छ । शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।
लिलामी शेयरमा असोज १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । उक्त समयभित्र नबिकेको हकप्रद शेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
उक्त शेयरमा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट आवेदन दिन सकिनेछ । यसका साथै, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरू (विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगर) बाट पनि शेयरमा आवेदन दिन सकिनेछ ।















