Dhulikhel Eco Banner new

नेप्सेले बन्द गर्यो दुई कम्पनीको शेयर कारोबार

5.29K
shares

काठमाडौं, २ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई ओटा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का गरेको हो ।

यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यी दुई कम्पनी गाभिएसँगै कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था रहने जनाइएको छ ।

मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पूँजी कोष ७ अर्ब रूपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रूपैयाँ पुग्नेछ । मर्जरपछि बन्ने संस्थाको पूँजी कोष ७ अर्बभन्दा बढी हुनेछ ।