Dhulikhel Eco Banner new

कुमारी बैंकको १०० गुणा धनवृद्धि योजना सार्वजनिक

4.19K
shares

काठमाडौं, २ असोज । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरी ५ देखि १०० गुणासम्मको धनवृद्धि रिकरिङ्ग मुद्दती योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत २ वर्ष देखि ८ महिना ३ दिनको लागि ५ गुणा, ५ वर्ष देखि १ महिना ११ दिनको योजनामा १० गुणा, ७ वर्ष ५ दिन अवधिको लागि १५ गुणा र ८ वर्ष ट महिना २७ दिनको समय अवधिका लागि २० गुणाको हुनेछ । त्यस्तै १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा र १९ वर्ष ९ महिना १६ दिनमा जम्मा गरिएको रकमको १०० गुणा हुने छ ।

यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने छ ।

आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।