Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा १६ गुणा बढी आवेदन

4.21K
shares

काठमाडौं, २ असोज । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा १६ गुणाभन्दा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबार साँझ ५ बजेसम्म माग भएकोभन्दा १६.२९ गुणा बढी शेयर माग भएको हो ।

कम्पनीको आईपीओ आइतबार साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार ८३८ वटा आवेदन परेका छन् । यसबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि १० लाख ५८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै वितरण हुनेछ ।