Dhulikhel Eco Banner new

प्रदेश सरकारबाट पुरस्कृत हुदै पत्रकार खनाल

7.06K
shares

काठमाडौं, ६ असोज । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा रहेर योगदान दिएकाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।
प्रदेश सरकारको पुरस्कार छनौट समितिले लुम्बिनी प्रदेश वा बाहिर रहेर योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला कानुन तथा संचार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदानदाता हरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रदेश सरकारबाट पुरस्कृत हुनेमा दाङका नाका विशेष पत्रकार शिबु खनाल परेका छन् । उनले नेपाल–भारत दाङको नाका र सिमा क्षेत्रको विषयमा केन्द्रित रहेर समाचार मार्फत उक्त क्षेत्रको विषय उजागर गरेका थिए ।

दाङको नाका क्षेत्रलाई प्रदेश र संघिय सरकारलाई चिनाउन र त्यहाँँको समस्याको बारेमा जानकारी दिदै मत्वपुर्ण योगदान गरेको भन्दै पुस्कृत गरेको प्रदेश सरकारले जनाएको छ ।
पत्रकार शिबु खनालले २०७० सालबाट रेडियो नयाँ यूग एफ.एफ र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाबाट पत्रकारिताको शुरुवात गरेका हुन् ।

लमही नगरपालिकाको संस्थापक प्रेस सल्लाहाकार समेत रहनु भएका खनाल प्रेस सेन्टरको जिम्मेवार नेता सेमत हुनुहुन्छ । पत्रकार खनाल बिगत दस बर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशिल रहँदै आएका छन् ।

उनी हाल गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख, दाङ समाचारको व्यवस्थापक, उज्यालो नेटवर्क, मिसन टुडे दैनिक, दैनिक पत्रमा आवद्ध रहेर पत्रकारिता गर्दै आएका छन् ।