सानिमा बैंकले ल्यायो क्यास डिपोजिट मेसिन
वि.सं.२०७९ असोज ५ बुधवार ०९:४२
shares

काठमाडौं, ५ असोज । सानिमा बैंकले क्यास डिपोजिट गर्ने मेसिन ल्याएको छ । बैंकले ग्राहकको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो ।
उक्त मेशिनबाट ग्राहकहरुले आफैं नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्नु पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।
हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० र १००० दरका नोटहरु जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद समेत प्राप्त गर्ने बताइएको छ । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट सुरु गरिएको छ । सानिमा बैंकका हाल देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संचालनमा रहेका छन् ।















