Dhulikhel Eco Banner new

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन चेम्बरको आग्रह

5.1K
shares

काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन नेपाल चेम्बर अफ कर्मसले पुनः आग्रह गरेको छ । चेम्बरले यो नीतिका कारण मूलुकमा व्यवसायिक वातावरण बिग्रन थालेको भन्दै यसलाई सच्याउन आग्रह गरेको हो ।

कात्तिक १ गतेदेखि लागू गर्ने गरी राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन ल्याएको छ । यो मार्गदर्शनले व्यापार सहजीकरण तथा लगानीमैत्री वातावरणमा गम्भिर असर गर्ने व्यवसायीले बताएका छन् । एक करोड रूपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सिमाले नपुग्ने चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । बार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सिमा कायम गर्नु पर्ने उनको भनाइ छ ।

चालु पुँजी मार्गदर्शन सम्बन्धी व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यापारी सबैभन्दा बढी मारमा पर्ने अध्यक्ष मल्लको तर्क छ । राष्ट्र बैंकको अस्थिर नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे ।

आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरू सबैभन्दा बढी मर्कामा परेको समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले बताए । बेस रेट प्रिमियमा यसअघिको व्यवस्था अधिकतम १ दशमलव ५ प्रतिशत विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशत सम्मको सीमाले व्यवसायिक गतिविधी प्रभावित हुने र मुल्यवृद्धि झन् बढ्ने व्यवसायीहरुको भनाइ छ ।