सुनको मूल्य ८ महिना यताकै सस्तो
वि.सं.२०७९ असोज ५ बुधवार ११:२९
shares
काठमाडौं, ५ असोज । बुधबार सुनको मूल्य घटेर ८ महिना यताकै सस्तो मूल्यमा पुगेको छ । बुधबार शुनको मूल्य ५०० रुपैयाँले घटेर ९३ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य गत वर्षको पुस यताकै सबैभन्दा सस्तो हो । पुस २६ गते सुनको मूल्य ९३ हजार ३०० मा कारोबार भएको थियो । बुधबार तेजाबी सुन पनि ९० हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिनभने सुनको मूल्य बढेको थियो । सुन तोलामा ४०० रुपैयाँले बढेको थियो । बुधबार चाँदीको भाउ पनि ओरालो लागेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १७० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।















