युरोकप छनोट खेल्न समेत रुसलाई प्रतिबन्ध
वि.सं.२०७९ असोज ५ बुधवार ११:४२
shares

काठमाडों, ५ असोज । युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए) रुसलाई सन् २०२४ मा हुने युरोकपको छनोटमा समेत प्रतिबन्ध लगाएको छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले रुसलाई प्रतिबन्ध लगाएको थियो । जसका कारण उसले विश्वकप छनोटको प्ले अफका खेल खेल्न पाएको थिएन ।
यस्तो प्रतिबन्ध विरुद्ध रुसले खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोट्र्समा समेत अपिल गरेका गरेको थियो । तर, रुसको सो अपिललाई आर्बिट्रेसन फर स्पोट्र्सले जुलाईमा खारेज भएको थियो । जर्मनीमा सन् २०२४ मा आयोजना हुने युरो–२०२४ का ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुँदैछ ।
यो प्रतिबन्धसँग रुसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन पाउने छैन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै रुसका कुनै पनि क्लबले कुनै आधिकारिक खेल खेल्न समेत पाउने छैन ।















