Dhulikhel Eco Banner new

आशा लघुवित्त वित्तीयको संस्थापक शेयर लिलामीमा

3.99K
shares

काठमाडौं, ५ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक तर्फको ५१ हजार ९९० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता ३९५ रुपैयाँ मूल्य तोकेर बुधबार देखि असोज १३ गतेसम्म शेयर बिक्री खुला गरेको हो । यो शेयर खरीदका लागि ईच्छुक योग्य व्यक्तिले गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्नु पर्ने छ ।

बोलपत्र पेश गर्दा न्यूनतम ६ हजार कित्ताकादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिने लघुवित्तले जनाएको छ । शेयर लिलामी मार्फत बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।