Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल र क्युआर कारोबारमा क्यास ब्याक अफर

4.04K
shares

काठमाडौं, ९ असोज । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना असोज १० गते देखि कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पोस को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पोस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ देखि अधिकतम क्यास ब्याक वा ५०० सम्म, ६ देखी १० पटकको कार्ड स्वाइपमा १० देखि अधिकतम क्यास ब्याक वा ७५०, ११ देखी १५ पटकको कार्ड स्वाइपमामा १५ देखि अधिकतम क्यास ब्याक वा १,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, आगामी असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा १०० जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।