Dhulikhel Eco Banner new

बीमा कम्पनीलाई लगानी परिवर्तन गर्न निर्देशन

5.38K
shares

काठमाडौं, १३ असोज । बीमा समितिले बीमा कम्पनीहरुलाई लगानी परिवर्तन गर्न निर्देशन दिएको छ। बीमा कम्पनीको नियामक निकाय समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले कम्पनीहरुलाई बैंकमा मात्रै लगानी केन्द्रित नगरि क्षेत्र परिवर्तन गर्न निर्देशन दिएका हुन् ।

बीमा समितिले आयोजना गरेको विजया दशमी, दीपावाली र छट लगायत पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले दीर्घकालीनरूपमा राम्रो प्रतिफल प्राप्त हुने ठूला व्यवसायमा लगानी गर्नुपर्ने बताएका हुन् ।

सिलवालले बीमा क्षेत्रको विकास, विस्तार र बीमामा पहुँच वृद्धिका लागि बीमा कम्पनीहरूसँग सहकार्य गर्न बीमा समिति तयार रहेको बताएका अध्यक्ष सिलवालले समस्याहरू समाधान गरिसकेपछि पुनः समस्या नदोहोरिने गरीे कम्पनीहरूले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले नागरिकको आवश्यकता र मुलुकको भौगोलिक अवस्था अनुसार बीमालेख ल्याउनुपर्ने र कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि तालिम संचालन गर्नुपर्ने बताए ।