Dhulikhel Eco Banner new

दशैँको टीका लगाइदिने र ग्रहण गर्ने व्यक्ति कता फर्किने ?

6.75K
shares

काठमाडौं, १९ असोज । यो वर्षको बडा दशैँको मुख्य दिन टीका र जमरा लगाएर मान्यजनबाट आर्शिबाद लिएर मनाइदैछ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

घटस्थापनाका दिन घर–घरमा विधिवत रुपमा राखिएका जमरा र टीका मान्यजनको हातबाट ग्रण गर्ने गरिन्छ । आज दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

टिका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई पनि ख्याल गर्नु पर्ने वास्तुविद्हरुले बताएका छन् । टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा रामचन्द्र गौतलमले बताए ।

‘चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुन्छ,’ उनले भने । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेमा वर्षभर शान्ति हुने विश्वास छ ।