Dhulikhel Eco Banner new

यु–१७ एसिया कप छनोटमा नेपाल थाइल्याण्डसँग खेल्दै

5.34K
shares

काठमाडौं, १९ असोज । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ । भियतनामको फु थो मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डसँग जितकै लागि खेल्ने बताएका छन् । छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ ।

यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ ।