Dhulikhel Eco Banner new

चर्चित व्यवसायी भट्टचनले किन छाडे कांग्रेस ?

एमालेबाट सांसद बन्न सक्ने भट्टचनको सम्भावना कति ?

8.63K
shares

काठमाडौं, २५ असोज । प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनको नाम नेकपा एमाले समानुपातिक सूचीमा प्रकाशित गर्यो । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पठाएको सुरुवाती सूचीमा समेत भट्टचनको नाम थियो । एमालेले बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम सूचीमा नै भट्टचनको नाम देखेपछि धेरै कांग्रेसीहरु अचम्ममा परे ।

भट्टचनलाई एमालेको समानुपातिक सूचीमा देख्दा अचम्ममा पर्नु स्वभाविकै पनि हो । किनकी भट्टचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । उनले बताए अनुसार उनको पारिवारिक पृष्ठभूमी नै कांग्रेस हो । आफू २०४८ सालदेखि नै कांग्रेसको सदस्य रहेको उनले बताउने गरेका छन् ।

नेपाली कांग्रेसको संगठन विभागको उपसभापति समेत भइसकेका भट्टचन चर्चित व्इवसायी भए पनि कांग्रेसको देउवा गुटबाट राजनीतिमा जम्न खोजिरहेका थिए । प्रभु बैंकको अध्यक्ष समेत उनले राजनीति गर्नका लागि छाडेका थिए । २०४८ सालमै सांसद बन्ने सपना देखेका भट्टचन यस पटकको अवसर भने कुनै पनि हालतमा नछाड्ने दाउमा थिए ।

पाए प्रत्यक्ष नै भए पनि चुनाव लड्न तयार भएका भट्टचनलाई कांग्रेसले जनजातितर्फको पाँचौ नम्बरमा नाम राखेर समानुपाति सूची आयोगलाई बुझाएको थियो । पहिलो वा दोस्रो नम्बरमा भए सांसद कन्फर्म हुने भन्दै उनी आफूलाई समानुपातिको पहिलो वा दोस्रो नम्बरमा राख्न कांग्रेससँग बार्गेनिङ समेत गरेका थिए । पहिलो वा दोस्रो नम्बरमा पर्न नसके पछि कांग्रेससँग भट्टचन रुष्ट बनेका थिए ।

भट्टचन असन्तुष्ट बनेको जानकारी पाएपछि एमालेका केही नेताहरुले यो कुरा ओलीसम्म पुर्याएका थिए । चर्चित व्यवसायी भएका कारण एमाले अध्यक्ष ओली पनि भट्टचनलाई भित्र्याउन सकारात्मक देखिए ।

त्यसपछि एमाले नेतृ पद्मा अर्याल, नेताहरु पृथ्वी सुव्वा गुरुङ, विष्णु पौडेल लगायतले सांसद बन्ने ज्ञारेन्टी आफ्नो पार्टीले दिने र त्यसका लागि केही खर्च गर्नु पर्ने व्रिफिङ भट्टचन सामू गरे । एमालेले जनजाति तर्फको पहिलो नम्बरमै राख्ने भए पछि भट्टचन पनि एमालेका शर्तहरु स्वीकार गर्दै कांग्रेस छाडेका हुन् ।

यो सम्झौतासँगै २०४८ सालमै देखेको सांसद बन्ने भट्टचनको सपना २०७९ सालमा पुरा हुने भएको छ । जनजातिको पहिलो नम्बरमा नै परेकाले आगामी निर्वाचन पछि भट्टचन ‘माननीय’ बन्ने पक्कापक्की जस्तै छ ।