१८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल
वि.सं.२०७९ असोज ३० आइतवार १६:१८
shares

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले सोमवार १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ५ अर्ब २० करोड, ५ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।
यी ट्रेजरी बिल क्रमशः कात्तिक २९ गते, माघ ३ गते, २०८० वैशाख ५ गते र असोज ३० गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।















