अष्ट्रेलियाको नयाँ कप्तानमा कमिन्सन
वि.सं.२०७९ कात्तिक १ मंगलवार ११:२२
4.49K
shares
shares

काठमाडौं, १ कात्तिक । अष्ट्रेलियाको एकदिवसिय क्रिकेटको नयाँ कप्तानको रुपमा प्याट कमिन्स नियुक्त भएका छन् । नियमित कप्तान आरोन फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास लिए पछि टेष्ट टोलिको कप्तान समेत रहेको कमिन्सलाई कप्तानमा नियुक्त गरिएको हो ।
२९ वर्षीय कमिन्सले अष्ट्रेलियाका लागि ७३ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । टी–ट्वान्टीको भने ३६ वर्षीय फिन्च कप्तान नै रहने छन् । उनले घरेलु मैदानमा आयोजना हुने विश्वकपमा अष्ट्रेलियाको नेतृत्व गर्ने छन् ।















