महालक्ष्मी विकास बैंकले ऋणपत्र जारी गर्न बोर्डमा दियो निवेदन
वि.सं.२०७९ कात्तिक १ मंगलवार १६:२५
4.15K
shares
shares

काठमाडौं, १ कत्तिक । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।
कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असोज २७ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले आगमी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।
कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता ब्याक्तिगत तवरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।















