प्राइम लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १३:५०
shares

काठमाडौं । ३ कात्तिक । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत अर्थात १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।

















