घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ ९ मंगलवार १०:५७
546
shares
shares

काठमाडौं, ९ भदौ । स्थानीय बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ५ सयले घटेको हो ।
महासंघका अनुसार सुन सोमबार प्रतितोला ३ लाख २२ हजार ७ सयमा कारोबार भएको सुन मंगलबार घटेर ३ लाख २२ हजार २ सयमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । आइतबार सोमबार ४ हजार ९ सय ६५मा कारोबार भएको चाँदी घटेर मंगलबार ४ हजार ९ सय रुपैंया मा कायम भएको हो ।

















