बैंकमा एक हप्तामा २१ अर्ब निक्षेप थप, कर्जा प्रवाह १ अर्बले घट्यो
वि.सं.२०७९ कात्तिक २१ सोमवार १६:३५
shares

काठमाडौं, २१ कात्तिक । वाणिज्य बैंकहरुमा पछिल्लो एक हप्तामा २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कात्तिक दोस्रो हप्ता ४५ खर्ब २४ अर्ब निक्षेप रहेको बैंकमा २१ अर्बले बढेर कात्तिकको तेस्रो हप्तामा ४५ खर्ब ४५ अर्ब पुगेको हो ।
कात्तिकको पहिलो हप्ताभन्दा दोस्रो हप्ता घटेको निक्षेप तेस्रो हप्तामा आउँदा पुनः उकालो लागेको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । कात्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब निक्षेप संकलन भएको थियो ।
निक्षेप संकलन बढेपनि कर्जा प्रभाव भने कात्तिकको तेस्रो साता घटेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार समग्र बैंकहरुको कर्जा प्रवाह १ अर्बले घटेको छ । कात्तिक दोस्रो साता ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले तेस्रो सातासम्मको विवरण अनुसार ४२ खर्ब २४ अर्ब पुगेको छ ।















