राधी विद्युत कम्पनीले हकप्रद शेयर बिक्री गर्ने
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १०:३२
shares

काठमाडौं, २२ कात्तिक । राधी विद्युत् कम्पनी लिमिटेडले हकप्रद शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याउने भएको छ । कम्पनीले कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म १३ लाख ५२७ दशमलव ९९ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीले गत असोज ६ गतेदेखि २५ गतेसम्म ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर विक्री खुल्ला गरेको थियो । सो अवधिमा विक्री नभएको हकप्रद शेयर बोलपत्रद्वारा बिक्री गर्न लागेको बताइएको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० तोकिएको छ । यही मूल्यलाई आधार मानी इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरूले उक्त मूल्यभन्दा बढी अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हक नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
शेयर बाँडफाँट गर्दा सबैभन्दा बढी प्रतिशेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँट गरिने पनि बताइएको छ ।
बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरू : ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, बिराटनगर, इलाम, बिर्तामोड, बिरगञ्ज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक–पोखरा, बाग्लु्ङ्ग, बुटवल, नेपालगंज, तुलसीपुर–दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट लिन र बुझाउन सकिने छ ।















