Dhulikhel Eco Banner new

एनआईबिएल स्टेबल फण्डले इकाई बिक्री गर्ने

3.85K
shares

काठमाडौं, २७ कात्तिक । एनआईबिएल स्टेबल फण्डले इकाई निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआईबिएल स्टेबल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनले स्वीकृति दिएपछि बन्दमुखी यस योजनाले १० अंकित दरका कुल १० करोड इकाईको बिक्री खुला गर्नेछ ।