पिपुल्स हाइड्रोपावरको आईपीओमा ६ लाख बढीको आवेदन
वि.सं.२०७९ कात्तिक २७ आइतवार १७:४५
shares

काठमाडौं, २७ कात्तिक । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आईपीओमा ६ लाख बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार बजेसम्ममा ६ लाख २८ हजार ५६७ जना आवेदकबाट ७५ करोड ४१ लाख रुपैयाँ बराबरको ७५ लाख ३७ हजार कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको १.८९ गुणा बढी हो ।
कम्पनीले शुक्रबारदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले कात्तिक २९ गतेसम्ममा मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।















