Dhulikhel Eco Banner new

क्याप्टेन सुब्बाको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

8.24K
shares

काठमाडौं २८ कात्तिक । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्त कुन हो मेरो देश सार्वजनिक भएको छ।

यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन्।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ। बि एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ।

कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो। असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो। वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ।