Dhulikhel Eco Banner new

श्रृजनशील लघुवित्तको नाफामा गिरावट

5.28K
shares

काठमाडौं, २८ कात्तिक । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३२ प्रतिशत घटेको छ । गत आवमा १ करोड ६१ लाख नाफा कमाएको कम्पनीले चालू आवमा १ करोड ८ लाख मात्र कमाएको छ ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ७४ प्रतिशत र खुद ब्याज आम्दानी २९ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको अन्य सञ्चालन खर्च भने गत आवको तुलनामा चालू आवमा ५७ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च ३९ लाख २६ हजार रहेकोमा चालू आवमा बढेर ६१ लख ७१ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा घटेको हो ।

त्यस्तै कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा २१ करोड ९९ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले १ अर्ब १९ करोड सापटी र ८६ करोड ४८ लाख निक्षेप संकलन गरेर २ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी ३९ दशमलव ६४ ९वार्षिकीकरण०, तरलता अनुपात १५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ २५९ दशमलव ५९ रहेको छ ।